FAQs Complain Problems

सूचना

अमरनाथ शिव मन्दिर वडा नं ५

Read More

गहुँ खेती

Read More

गाउँपालिका परिचय

सर्लाही जिल्लाकाे पश्चिम भेगमा रहेको रामनगर गाउँपालिका पुर्वमा मनुष्मारा नदी र पश्चिममा वागमती नदी ,रौतहट जिल्लाको सिमान भएको यस गाउँपालिकाकाे मध्यभाग देखि भारतको सिमाना ७ कि.मि. रहेको उक्त गाउँपालिकाकाे कुल जनसंख्या लगभग २८,७२७ जस मध्ये पुरुष १४,९२२, महिला १३,८०५ र गाउँपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो ।

गाउँपालिकाको वडा नं.१ देखी ७ सम्म कच्ची तथा ग्रेभल बाटो र केही ठाउँ ठाउँमा पक्की ढलान भएकाे ,विद्युतीकरण सबै वडामा भएकाे तर साविक गा‍.वि.स. सिसौट वडा नं. ४,५ हाल वडा न‌ं. ७ र साविक गा.वि.स. रामनगर वहुअर्वा वडा नं. ९ हाल वडा नं. ४ मा विद्युतीकरण नभएको र यस रामनगर गा.पा. अन्तर्गत स्थानीय बजार वडा नं. १ मा खैर्वा बजार र वडा नं. ६ मा सिसौट बजार भएकाे र यातायतको सुविधा रहेको छ ।

यस गाउँपालिका अन्तर्गत वडा नं. ३ मा गढिमार्इ मन्दिरको स्थापना २०६६ सालमा भएको र हरेक पाँच वर्षमा गढिमाइ मेला लाग्ने गरेको र यस गा.पा. अन्तर्गत थुप्रै मठ मन्दिर महादेव मन्दिर तथा रामजानकी मन्दिर रहेकोले यस गाउँपालिकाको नाम रामनगर रहन गएको हो ।  

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षा समितिको बैठकबाट पास हुनुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
अपाङ्ग परिचय पत्रको लागि गाउँपालिकाको महिला तथा वालवालिका शाखाबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.१० र सो भन्दा बढी भएमा रु.५१/-
आवश्यक कागजातहरुः-

दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु /आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.१० र सो भन्दा बढी भएमा रु.५१/-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात

बजेट ,कार्यक्रम तथा योजना परियोजना