FAQs Complain Problems

गाउँपालिका परिचय

सर्लाही जिल्लाकाे पश्चिम भेगमा रहेको रामनगर गाउँपालिका पुर्वमा मनुष्मारा नदी र पश्चिममा वागमती नदी ,रौतहट जिल्लाको सिमान भएको यस गाउँपालिकाकाे मध्यभाग देखि भारतको सिमाना ७ कि.मि. रहेको उक्त गाउँपालिकाकाे कुल जनसंख्या लगभग २८,७२७ जस मध्ये पुरुष १४,९२२, महिला १३,८०५ र गाउँपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो ।

गाउँपालिकाको वडा नं.१ देखी ७ सम्म कच्ची तथा ग्रेभल बाटो र केही ठाउँ ठाउँमा पक्की ढलान भएकाे ,विद्युतीकरण सबै वडामा भएकाे तर साविक गा‍.वि.स. सिसौट वडा नं. ४,५ हाल वडा न‌ं. ७ र साविक गा.वि.स. रामनगर वहुअर्वा वडा नं. ९ हाल वडा नं. ४ मा विद्युतीकरण नभएको र यस रामनगर गा.पा. अन्तर्गत स्थानीय बजार वडा नं. १ मा खैर्वा बजार र वडा नं. ६ मा सिसौट बजार भएकाे र यातायतको सुविधा रहेको छ ।

यस गाउँपालिका अन्तर्गत वडा नं. ३ मा गढिमार्इ मन्दिरको स्थापना २०६६ सालमा भएको र हरेक पाँच वर्षमा गढिमाइ मेला लाग्ने गरेको र यस गा.पा. अन्तर्गत थुप्रै मठ मन्दिर महादेव मन्दिर तथा रामजानकी मन्दिर रहेकोले यस गाउँपालिकाको नाम रामनगर रहन गएको हो ।