FAQs Complain Problems

सूचना

अमरनाथ शिव मन्दिर वडा नं ५

Read More

गहुँ खेती

Read More

गाउँपालिका परिचय

सर्लाही जिल्लाकाे पश्चिम भेगमा रहेको रामनगर गाउँपालिका पुर्वमा मनुष्मारा नदी र पश्चिममा वागमती नदी ,रौतहट जिल्लाको सिमान भएको यस गाउँपालिकाकाे मध्यभाग देखि भारतको सिमाना ७ कि.मि. रहेको उक्त गाउँपालिकाकाे कुल जनसंख्या लगभग २८,७२७ जस मध्ये पुरुष १४,९२२, महिला १३,८०५ र गाउँपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो ।

गाउँपालिकाको वडा नं.१ देखी ७ सम्म कच्ची तथा ग्रेभल बाटो र केही ठाउँ ठाउँमा पक्की ढलान भएकाे ,विद्युतीकरण सबै वडामा भएकाे तर साविक गा‍.वि.स. सिसौट वडा नं. ४,५ हाल वडा न‌ं. ७ र साविक गा.वि.स. रामनगर वहुअर्वा वडा नं. ९ हाल वडा नं. ४ मा विद्युतीकरण नभएको र यस रामनगर गा.पा. अन्तर्गत स्थानीय बजार वडा नं. १ मा खैर्वा बजार र वडा नं. ६ मा सिसौट बजार भएकाे र यातायतको सुविधा रहेको छ ।

यस गाउँपालिका अन्तर्गत वडा नं. ३ मा गढिमार्इ मन्दिरको स्थापना २०६६ सालमा भएको र हरेक पाँच वर्षमा गढिमाइ मेला लाग्ने गरेको र यस गा.पा. अन्तर्गत थुप्रै मठ मन्दिर महादेव मन्दिर तथा रामजानकी मन्दिर रहेकोले यस गाउँपालिकाको नाम रामनगर रहन गएको हो ।  

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षा समितिको बैठकबाट पास हुनुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
अपाङ्ग परिचय पत्रको लागि गाउँपालिकाको महिला तथा वालवालिका शाखाबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.१० र सो भन्दा बढी भएमा रु.५१/-
आवश्यक कागजातहरुः-

दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु /आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.१० र सो भन्दा बढी भएमा रु.५१/-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
अस्पतालमा भए अस्पतालको कागजात

बजेट ,कार्यक्रम तथा योजना परियोजना

सार्वजनिक खरिद/बोलपत्र सूचना

//